Section 113
निक्षेप भरी भराउ वा जफत हुन सक्ने
बैंक वा वित्तीय संस्थामा राखेको निक्षेप रकम धितो वा जमानत राखी कर्जा लेनदेन कारोबार गरेको वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संस्थाको तहविल मासी सो मासेको रकमबाट वा प्रचलित कानून बमोजिम कुनै कसुर मानिने काम गरी सो कसुरको बिगोबाट वा आतंककारी वा बैंकिङ्ग, वित्तीय अपराध वा संगठित अपराध सम्बन्धी काम कारबाहीबाट संकलन गरी निक्षेप राखेको रहेछ भने सो धितो वा जमानत रहेको वा तहविल मस्यौट गरेको बिगो प्रचलित कानून बमोजिम सो निक्षेपबाट भरी भराउ वा जफत हुन सक्नेछ ।